सुधार गृहमा झडपपछि ९ थुनुवा फरार, २ पक्षबीच अझै भनाभन

बाँके । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि ९ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको…