धादिङ । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ । धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो । यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म ४ घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक…