सासू–बुहारी अन्तरक्रियाका लागि १ लाख बजेट विनियोजन

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो । समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । उनले भने, “सासू र बुहारीलाई एकै ठाउँमा…