पालिकाका कर्मचारीकाे तलबबाट अस्पताललाई थाइराइड मेसिन

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई १० लाख रुपैयाँभन्दा बढी मूल्यको थाइराइड मेसिन प्रदान गरेका छन् । गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाईपाई आएको पारिश्रमिकबाट थाइराइड मेसिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा दरबन्दी र करारका गरी १३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेसिन खरिद…