‘भूगोलले त ठग्यो ठग्यो, सरकारले पनि ठग्यो’

कर्णाली प्रदेशको उपल्लो भेगमा रहेको हुम्ला जिल्लाको विकट पालिका हो- नाम्खा गाउँपालिका । क्षेत्रफलको हिसाबमा देशकै सबैभन्दा ठुलो गाउँपालिका पनि हो नाम्खा । तर, जनसंख्या भने मात्र ६ हजारको आसपास छ । असन्तुलित भौगोलिक अवस्था र जनसंख्याका कारण विकासका कामले यहाँ खासै गति लिन सकेको छैन । वार्षिक बजेटको ९० प्रतिशत हिस्सा प्रशासनिक खर्च, तलबभत्ता…