पर्यटन प्रवर्द्धनका लागि ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’ आयोजना हुँदै

भोजपुर । सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आफ्नो पालिकामा पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना तयार गरेको हो । मुन्दुम ट्रेलको बढी भाग यसै गाउँपालिकामा पर्ने भएकाले पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको पालिकाका अध्यक्ष सरोज…