चितवन । हुलाकी राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि पकौडीसम्मको सडक फराकिलो गर्ने काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ। २ वर्षमा सम्पन्न गर्नुपर्ने सडकको काम ३ वर्ष बितिसक्दा आधा मात्रै भएको हो। डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीका अनुसार विसं २०७७ जेठ २९ गते दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी लामा शिवशक्ति जेभीले ठेक्का सम्झौता गरेको थियो।…