भक्तपुर । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द भएको छ। यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिस्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो। यसले केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ। केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ। औषधिसमेत…