ठेकेदारको फोटो टाँसेर स्थानीयले सोधे, ‘माननीयज्यू बाटो कहिले बन्छ ?’

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्मागाढेसम्मको १२.६ किलोमिटर सडक निर्माण नगरेको भन्दै स्थानीयले प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीको फोटो टाँसेर विरोध जनाएका छन्। दैलेख २ बाट निर्वाचित सांसद शाहीले यो सडक कालोपत्रे गर्नका लागि २०७९ भदौ ५ गते ठेक्का संझौता गरेका थिए। २०८० असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सडकको भौतिक प्रगति जम्मा १३ प्रतिशत…