गौतम बुद्धको मावली देवदह कि देउरवास्थान ?

लुम्बिनी । रुपन्देहीको दक्षिणी क्षेत्र सिद्धनाथ–सुदेसर, मकुनगढ–सुमेरगढ, लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने अमहवा (निपनिया), बन्जरहीलगायत गाउँ–ठाउँमा रहेका पुरातात्त्विक महत्त्वका प्राचीन संरचना पुरातात्त्विक स्थलका रूपमा चिनिन्छन् । सुमेरगढको देउरवास्थान तिनैमध्येको एक हो । तर, पुरातात्त्विक महत्त्वको देउरवास्थान संरक्षण पर्खाइमा छ । यहाँका प्राचीन संरचना र वस्तुहरू संरक्षण अभावमा मासिँदै छन् । यो ठाउँ चौपाया चरनमा परिणत भइरहँदा…