म्याग्दीमा पहिलोपटक भेटियो विश्वमै दुर्लभ हाब्रे

म्याग्दी । म्याग्दीमा पहिलोपटक विश्वमै दुर्लभ मानिने जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धौलागिरि गाउँपालिका–लुलाङको जलजलास्थित जंगलमा रेडपाण्डा भेटिएको हो । च्याउ संकलन गर्न गएका स्थानीय सुवास थापाले जलजलाको जंगलमा रेडपाण्डाको जिल्लामै पहिलोपटक दृष्य खिचेका हुन् । डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जलजलाको जङ्गलमा रेडपाण्डा भेटिएको जानकारी दिए । उनले भने, “हामीलाई…