राहत शिक्षक बोकेर काठमाडौं आउँदै गरेको भ्यान दुर्घटना, १० जना घाइते

सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो। सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान आज बिहान ८ बजे सडक किनारको नालीमा पल्टिएको हो। घाइतेहरुलाई थप उपचारका…