१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको काम ४३ प्रतिशत सकियो

तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको ४ वर्षमा आयोजनाले ३ वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो । तीन वटा खण्डमा काम तीव्र गतिमा भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्रबर्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी…