गणित विषयका शिक्षकको माग गर्दै विद्यार्थीले लगाए मुलगेटमा ताला, ५ दिनदेखी शैक्षिक तथा प्रशासनिक काम ठप्प

धादिङ । सिद्धलेक गाउँपालिकाको वडा– ३ मैदानमा रहेको पञ्चमुखी विद्यालयमा गणित विषय शिक्षकको माग गर्दै विद्यार्थीले ताला लगाएका छन् । निम्न माध्यामिक तहको राहत दरबन्दीमा कार्यरत गणित शिक्षक रमेश नेपाललाई गाउँपालिकाले वडा–२ ठाँटीमा रहेको सिद्धेश्वर माविमा सरुवा गरेपछि विद्यालय गणित विषय शिक्षकविहीन बनेको हो । साउन २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षक नेपाल…