ढुसी परेको कोकाकोला बेचेको भन्दै काठमाडौं महानगरले तिरायो डेढलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले ढुसी परेको कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपालालाई डेढलाख जरिवाना तिराएको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले १ लाख ५० हजार रुपैयाँ तिराएको हो । उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले…