२ दिनदेखि बन्द जुम्ला-नाग्म सडक खुल्यो

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा २ दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको भन्दै बिहीबार बिहानदेखि आफन्तले राजमार्ग बन्द गरेका…