मुगु र महोत्तरीका १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाका सात र महोत्तरीका पाँचजना गरी १२ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा दायर गरेको छ । अख्तियारले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत सात जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र…