किसानलाई हाते ट्रयाक्टर वितरण

भाेजपुर । भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिकाले किसानलाई हाते ट्र्याक्टरलगायत सामग्री वितरण सुरु गरेको छ । गरिबी निवारण लघु उद्यम कार्यक्रमअन्तर्गत किसानलाई खेती गर्न सहज होस् भन्ने उद्देश्यले सामग्री वितरण सुरु गरिएको हो । गाउँपालिकाभित्र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले विभिन्न कृषि समूहमा समावेश किसान र व्यक्तिगत फार्मलाई कृषि औजार हस्तान्तरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष किरण राईले…