३० करोडको ठेक्का पाएको ‘सिटीहल’ ७ वर्षमा पनि बनेन

गोरखा । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए । ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको…