सहकारीको २ अर्ब हिनामिना प्रकरण : ढोरपाटनका मेयरले सहकारीको पैसाबाट १८ वटा घर किनेको स्वीकारे

बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीमा बचतकर्ताले जम्मा गरेको पैसाले निजी सम्पत्ति जोडेको स्वीकारेका छन्। काठमाडौं, पोखरा, बागलुङ बजार, बुर्तिबाङ लगायतका स्थानमा जोडेको घरजग्गामा उनले सहकारीको पैसा, बैंकको ऋण र आफूसँग भएको पैसा लगानी गरेको बताएका हुन्। सहकारीका बचतकर्तालाई माघ १९ गते अपिल जारी गर्दै उनले सहकारीको बचतसमेत प्रयोग गरेर विभिन्न ठाउँमा…