धरान–६ का वडा अध्यक्ष राप्रपामा प्रवेश

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् । भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाइ पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् । भट्टराइ गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन्…