काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आइतबार एकजनामात्र संशोधनकर्ता सहभागी भएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव दर्ता भएको छ । आइतबारको बैठकमा १० संशोधनकर्तालाई बोलाइए पनि एकजना मात्र छलफलमा सहभागी भएका छन् । छलफलमा सहभागी भएका संशोधनकर्ता सांसद…