काठमाडौं– नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बैठकले बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको हो । कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहने गरी…