काठमाडौँ। नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म, संस्कृति र मौलिक धार्मिक पहिचानलाई राष्ट्रिय पहिचानको प्रमुख आधारका रूपमा अघि बढाउने विशेष प्रस्ताव पारित गरेको छ। सुकेधारामा आइतबार सम्पन्न भेलाले नेपालको परम्परागत धार्मिक तथा सांस्कृतिक जगलाई संरक्षण र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म…