काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। महाराजगन्जस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनको आवश्यकता आफूले नदेखेको बताएका छन्। पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्नु उपयुक्त नहुने उनको भनाइ छ। ‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो…