पुसमा विशेष महाधिवेशन गर्न शेखर–लेखकको बल: चार घण्टा छलफल, शून्य सहमति

काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा चर्किएको विवाद आज (शनिबार) पनि सुल्झिन सकेन। सभापति शेरबहादुर देउवाको भाडाको निवास महाराजगञ्जमा दिउँसो २ बजे सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको छलफल चार घण्टाभन्दा बढी चले पनि कुनै सहमति बन्न सकेन।नेता विमलेन्द्र निधिका अनुसार आजको छलफल विशेष महाधिवेशन रोक्ने र निर्वाचनपछि विशेष महाधिवेशन गर्ने सम्भावनामा…