जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन

मनाङ । निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको समन्वय र प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आयोजित भेलाले प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो । भेलामा बोल्दै सांसद गुरुङले भने, “मनाङ प्राकृतिक सम्पदाको भण्डार…