बैतडी । अस्वस्थ्य भएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ। आइतबार साँझ करिब सवा ६ बजे उनलाई बैतडीको दशरथचन्द नगरपालिका–४, गोठलापानीबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूका अनुसार सेनाको हेलिकप्टर सुरुमा बैतडीबाट कैलालीको धनगढी जानेछ। त्यसपछि धनगढीबाट मन्त्री लम्साललाई लिएर काठमाडौं प्रस्थान गर्ने…