काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाको राजनीतिक टिप्पणीपछि संसदमा एकाएक तनावको अवस्था सिर्जना भएको छ। उनले विगतका ३५ वर्षको शासनलाई लक्षित गर्दै गरेको अभिव्यक्तिप्रति विपक्षी बेञ्चका सांसदहरूले आपत्ति जनाउँदै उठेर विरोध गरेका हुन्। संसदमा बोल्दै संग्रौलाले वर्तमान सरकार भ्रष्टाचार, बेथिति, अनियमितता र ‘गुन्डाराज’ अन्त्य गर्ने उद्देश्यसहित अघि बढेको दाबी गरिन्।…