मधेस प्रदेशमा सत्ताको भूकम्पः एमालेका ४ मन्त्री फिर्ता, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ। सरकार गठनका क्रममा भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेले आफ्ना चारै जना मन्त्रीलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। एमाले बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती…