प्रस्तावित राजदूतविरुद्धको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । प्रस्तावित राजदूतविरुद्धको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार मंगलबार बिहान ११ बजे बैठक राखिएको छ । बैठक सिंहदरवारस्थित काठघर नम्बर २ मा बस्नेछ । बैठकको कार्यसूचीमा ‘ विभिन्‍न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण गर्ने’ रहेको छ…