केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही सहकारीले गर्दा सम्पूर्ण सहकारीमा जनताको विश्वास कमजोर भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै सहकारी सम्बन्धी प्रसंगमा उनले भने, ‘हजारौं सहकारीमध्ये केही सहकारी मात्रै अप्ठ्यारो परेका छन् । तिनीहरूलाई अप्ठ्यारोमा पारिएको हो । सहकारीमा गैरसहकारी तत्व प्रवेश गरेर यस्तो अवस्था आएको…