चुम्बक हराएपछि आजलाई रोकियो त्रिशूलीमा बेपत्ता बस खोज्ने काम

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा आएको पहिरोमा परी बेपत्ता बसको खोजी कार्यका लागि प्रयोग गरिएको चुम्बक हराएपछि आजलाई खोजतलास कार्य रोकिएको छ। शनिबार मध्याह्नदेखि खोजी कार्य थालिएको थियो। यसपटक भारतबाट दुइटा चुम्बक ल्याइएको थियो। १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो। तर खोजी गर्ने क्रममा १९…