नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएकोप्रति संसद्मा प्रश्न गरेका छन्। बिहीबार संसद् बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति व्यंग्य गरे। ‘उहाँ भिन्दै साम्राज्य, कहिँको टापुको सम्राट हो कि यो संसद्को अंग हो,’ उनले भने, ‘म यस विषयमा त्यता पनि सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो।’…