जाजरकोट भुकम्प : २० अनाथ बालबालिका मामाघर आश्रममा

काठमाडौं। जाजरकोटका भुकम्पमा अभिभावक गुमाएका बालबालिकाले काठमाडौंमा आश्रय पाएका छन् । श्री बालयोगेश्वर बिजयमुर्ती महाराजले उनीहरूलाइ जाजरकोटबाट खोजेर काठमाडौं ल्याएर बसोबासको ब्यवस्था मिलाएका हुन । मामाघर अनाथालय सपोर्ट एन्ड केयर, बाडेगाउँ ललितपुरले उनीहरूकाे जिम्मा लिएकाे हाे । सो आश्रममा अहिले २० जना बालक र १० जना बालिकासहित ३० जनालाई जाजरकोटबाट ल्याईएर जिम्मा लिएकाे हाे ।…