काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त भएका छन् । यसअघिका सदस्य सचिव शरदचन्द्र अधिकारीले पदावधि सकिनु अगावै राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले सदस्य सचिवमा सुवेदीलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्य सचिव सुवेदीले गैंडामा विद्यावारिधि गरेका छन् । कोषमा यसअघि उनी निर्देशकको रूपमा कार्यरत रहेको…