काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए ।…