चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि भरतपुरस्थित एलाइभ अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।