निहुराे टिप्न जाँदा खाेलाले बगाएका बाबुछाेरामध्ये छाेराकाे शव भेटियाे

दोलखा । अविरल वर्षाका कारण आइतबार दिउँसो आएको बाढीले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झन्डै १ घन्टाको पैदल दुरीमा रहेको तीनपाटेमा निहुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका…