कैलाली कारागार झडपबारे १० दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन

काठमाडौँ- कैलाली कारागारमा भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त सदस्य छन् । त्यस्तै…