काठमाडौँ । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ र स्वीस विकास सहयोग (एसडिसी)ले सहयोग गर्ने भएका छन् । तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारी पत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका यहाँस्थित विश्व बैंकको कार्यालयले जनाएको छ ।…