दमक बाल अस्पताललाई गायिका आनी छोइङले दिइन् १ करोड ८० लाख रुपैयाँ

काठमाडौं । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा.डा. भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरियो । फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको…