काठमाडौँ। चीनमा कार्यरत नेपाली वैज्ञानिक शालिक राम सिग्देल सम्मानित भएका छन् । चाइनिज अक्याडेमी अफ साइन्सेजको ‘इन्स्टिच्यूट अफ टीबेटन प्ल्याटउ’ले उत्कृष्ठ अनुसन्धानकर्ताको रूपमा सिग्देललाई सम्मानित गरेको हो । सन् २०२४ मा विश्वका विभिन्न जर्नलहरुमा खोजमूलक लेखहरू लेखेका वैज्ञानिक सिग्देलले सोही वर्ष काठमाडौँ उपत्यका क्षेत्रका बोलबिरुवाहरुको प्याकेज जानकारी भएको पुस्तक ‘प्लान अफ काठमाडौँ भ्याली: अ पिक्टोरियल…