काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो पोखेका छन् । विपक्षी दलको नेताको हैसियतमा संसदमा सम्बोधन गर्दै प्रचण्डले सुरुमै ओलीलाई खोजेका थिए । उनले भने, ‘मैले बोल्दा प्रधानमन्त्री ज्यू आउनुभएन तर पनि मैले संसद्मा बोलेको कुरा सुन्नुुहुन्नछ भन्ने मलाई विश्वास…