मोरङ- जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाका आरोपित शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । रौनियार मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष हुन् । न्यायाधीश अरुणकुमार झाको इजलासले आज (आइतबार) रौनियारलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार आदेश…