काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सको राष्ट्रिय टोलीसँगको १४ वर्षे सफल यात्रा उनले चाहेजस्तो अन्त्य हुन सकेन । विश्वकपको उपाधिसँग बिदाइ हुने सपना बोकेका डेसच्याम्प्स अब शनिबार हुने तेस्रो स्थानको प्लेअफ खेलपछि फ्रान्सको जिम्मेवारीबाट औपचारिक रूपमा बाहिरिनेछन् । मंगलबार डलासमा भएको पहिलो सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सको विश्वकप यात्रा अन्त्य भयो ।…