काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत वितरणमा भइरहेको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा उनले राहत पु¥याउने सडक तत्काल मर्मत गर्न र विस्थापितहरूको सुरक्षित पुनस्र्थापनाको लागि ठोस योजना ल्याउन माग गरेका हुन् । सांसद राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि…