काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रस्ट भएको बताएका छन् । च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप ‘प्रचण्ड’ले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्ट मात्र भएको टिप्पणी गरे । ‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए…