कैलाली- प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । चिकित्सालयले शनिवार लगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई अटुट सेवा दिनुपर्ने…