सुर्खेत । दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले आजबाट नेतृत्व पाएका छन् । लेखा समितिको सभापतिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)…